Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

बिर्तामोड, ११ चैत २०८१ । बिर्तामोडको पाथिभरा इन्जिनियरिङ कलेजको कम्पाउण्डभित्र एकजना मृत फेला परेका छन् ।

कम्पाउण्डभित्र क्यान्टिन संचालन गर्दै आएका सोही ठाउँ घर भएका देबीप्रसाद पौडेलका छोरा ३८ वर्षीय भिष्म पौडेलले झुन्डिएर आत्महत्या गरेका हुन् ।

आज बिहान ६ बजे अर्जुनधारा–११ स्थित बसपार्कमा रहेको पाथिभरा इन्जिनियरिङ कलेजको कम्पाउण्डभित्र रहेको टिकको रुखमा पौडेलले नाइलनको डोरीले पासो लागेका थिए । शवलाई प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टमको गरी मृतकका बुवाले सदगदको लागि बुझिलगेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया