Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

काठमाडौं, १० चैत २०८१ । धादिङमा आफ्नै घरको बाहिरपट्टि ड्रममा राखेको पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ । शनिबार निलकण्ठ नपा–४ पौवा बस्ने पाँच वर्षीया सञ्जीवनि परियारको मृत्यु भएको हो ।

आफ्नै घरबाहिर राखिएको सय लिटरको पानीको ड्रममा डुबी घाइते भएकी उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल धादिङबेसी लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

सवा ४ बजेतिर पानीमा डुबेर अस्पताल पुर्याएकोमा चिकित्सकले उनलाई ४:५० मा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया