झापा, ९ चैत २०८१ । बार्दलीबाट लडेर एक बालिकाको शुक्रबार राति मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क घर भई दिक्तेल रत्नपार्कमा डेरा गरी बस्ने अशोक पोख्रेलकी २१ महिनाकी छोरी अनुसोया पोख्रेलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोख्रेलका अनुसार शुक्रबार करिब ८ बजेतिर बार्दलीबाट खसेको बालिकाको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि काठमाडौं लैजाने क्रममा मृत्यु भएको हो ।