Online Bichar
मंगलबार, बैशाख १६, २०८२ | Tuesday, April 29, 2025

काठमाडौं, ८ चैत २०८१ । एसइई परीक्षा बिग्रिएपछि इलाममा एक जना छात्राले विष सेवन गरेकी छन् । पहिलो दिनको परीक्षा दिइसकेपछि इलाम माङ्सेबुङ-४ मार्चिबुङ बस्ने १८ वर्षीया सन्ध्या राईले हिजो दिउँसो १:३० बजे विष सेवन गरेकी हुन् ।

तरकारीमा किरा मार्ने नीमिन नामक विषादी सेवन गरेकी सन्ध्यालाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको छ । उनको अवस्था बोल्न सक्ने मध्यम रहेको प्रहरीले जनाएको छ ।

उनी एसइई परीक्षा दिन चुलाचुली-४ पेल्टीमारीस्थित आफ्नो फुपू मनमाया राईको घरमा बसेकी थिइन् । उनी एसइई दिन दुई दिन अगाडी फुपूको घर आएकी थिइन् । त्यही उनले विष सेवन गरेकी हुन् ।

 

तपाईको प्रतिक्रिया