Online Bichar
सोमबार, बैशाख ०८, २०८२ | Monday, April 21, 2025

काठमाडौं, ७ चैत २०८१ । यो साताभर सेयर बजार राताम्मे भएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको सेयर बजार साताको अन्तिम दिन बिहीबारसम्म घट्ने क्रम कायमै रह्यो। आज नेप्से परिसूचक १२.२८ अंकले घटेर २६६९.७६ विन्दुमा अडिएको छ। आइतबार नेप्से परिसूचक २१.६४ अंकले घटेकोमा सोमबार १०.१४, मंगलबार ७.६६ र बुधबार १४.८८ अंकले घटेको थियो।

नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि साताभर ओरालो लाग्यो। आज ३१२ स्क्रिप्सको ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँको सेयर कारोबार भयो। आइतबार ६ अर्ब ८३ करोडको सेयर कारोबार भएकोमा सोमबार ५ अर्ब ४० करोड,मंगलबार ४ अर्ब र बुधबार ५ अर्ब बराबरको सेयर कारोबार भयो।

साताभर कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। आज डोल्टी पावरको सेयर सर्वाधिक ७.५६ प्रतिशतले बढ्यो। दोहोरो अंकले घटेको सेयर बजारमा दुई कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ। मिथिला लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जी डभलपमेन्टको सेयर १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको सेयर २८ करोड २१ लाख मूल्य बराबरमा खरिदबिक्री भयो। हिमालयन रिइन्स्योरेन्सको २३ करोड,सिन्धु विकास बैंक र युनाइटेड मोदी हाइड्रोपावरको १६/१६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

घलेम्दी हाइड्रोको १३ करोडको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ६२ स्टक्सको मूल्य बढ्दा १७५ वटाको घट्यो। बाँकी ७ स्टक्सको मूल्य भने स्थिर रह्यो। ट्रेडिङ समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्।

तपाईको प्रतिक्रिया