झापा, ६ चैत २०८१ । दमक बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा नेपाल विद्यार्थी संघनिकट स्वतन्त्र प्यानलका भूपेन्द्र बस्नेत ९भूवन० निर्वाचित भएका छन् ।
गठबन्धनको तर्फबाट उम्मेदवार बनेका बस्नेतले अनेरास्ववियूका निशम अधिकारीलाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । बस्नेतले ६६८ र अधिकारीले ६२४ मत प्राप्त गरेका छन् । नेविसंघका आधिकारिक उम्मेदवार सायन साम्पाङले मात्र ३३४ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन् ।
स्वतन्त्र समूहकी रश्मी उप्रेती९ १२८०, स्वतन्त्र उम्मेद्वारहरु दीपक लिम्बू ९६७०, पर्वत बस्नेत ९५५०, अखिल क्रान्तिकारीकी पेमा डोल्मा तामाङ ९१४० र अखिल समाजवादीकी प्रविणा भट्टराई९८० गरी सभापति पदका लागि ८ जना प्रतिष्पर्धी रहेका थिए ।
त्यस्तै सचिवमा अनेरास्ववियूका राकेश खड्का ८१२ मतसहित निर्वाचित भएका छन् । सोही पदका उम्मेद्वार राप्रविसंका राजेश थापा९ सन्देश० ले ७०६ र समाजवादी विद्यार्थी युनियनका प्रकाश लिम्बूले ३८६ मत ल्याएका छन् ।
त्यस्तै कोषाध्यक्षमा अनेरास्ववियूकी प्रिति मगर ९९७ मतसहित विजयी भएकी छन् । उनका प्रतिष्पर्धीहरु अखिल क्रान्तिकारीका प्रविन जोगी९ सेल्टा० ले ७५८ र स्वतन्त्र समूहकी सपना कन्दङ्वाले ११३ मत प्राप्त गरेका छन् ।
त्यस्तै सदस्यतर्फ अनेरास्ववियूका एन्जिना राई (१०१४) ,प्रासना राई (८३९) , राप्रविसंकी स्मारिका श्रेष्ठ (६७८) , अखिल क्रान्तिकारीकी दुर्गा पौडल सोल्टिनी ६६९ , अनेरास्ववियूका युनेश न्यौपाने ६६५ , अनेरास्ववियूकै प्रितम पौडेल (६५२) , अखिल क्रान्तिकारीका प्रशान्त ताजपुरिया राइडर (६३३) र अनेरास्ववियूकी आरती बास्कोटा (६३१) मतसहित निर्वाचित भएका छन् ।
क्याम्पसमा ३७०३ कुल मतदाता रहेकोमा १९५६ मत खसेको थियो ।