झापा, ६ चैत २०८१ । झापाको गौरादह कृषि क्याम्पसमा नेपाल विद्यार्थी संघले सभापति पद जितिरहँदा बाँकी सबै पदमा अनेरास्ववियू निर्वाचित भएको छ ।
अन्तिम मत परिणाम अनुसार नेविसंघका स्वर्णिम अधिकारी १२० मतसहित सभापति पदमा निर्वाचित भएका छन् । सचिवमा अनेरास्ववियूका प्रथम गिरी (१४२) , कोषाध्यक्षमा अनेरास्ववियूकै रिकिताकुमारी चौधरी (१५५) , सदस्यहरुमा प्रविन विष्ट (१४३) , वर्षा अधिकारी (१३८) , लोकबहादुर खत्री (१४०) , निकिता राजवंशी (१३९) , सिमरन विश्वास (१२८) मतसहित निर्वाचित भएका छन् ।