Online Bichar
बुधबार, बैशाख १०, २०८२ | Wednesday, April 23, 2025

झापा, ५ चैत २०८१ । लागुऔषध खैरो हेरोईनसहित झापामा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह नगरपालिका-९ घर भई अर्जुनधारा नगरपालिका-११ बुट्टाबारी बस्दै आएका ३६ वर्षिय दिलिप कुमार गिरी र सोही ठाउँ बस्ने २५ वर्षिय सुरज राई रहेका छन् ।

सोमबार अन्दाजी ८ः३० बजेको समयमा मेचीनगर नगरपालिका-६ मेचिपुल स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ सिटिसफारिमा आउदैं गरेको गिरी र राईलाई शंका लागी चेकजाँच गर्दा उनिहरुको साथबाट लुकाई छिपाई ल्याउदैं गरेको प्रतिबन्धित लागुऔषध खैरो हेरोईन १ ग्राम ८४० मिलिग्राम फेला पारेको थियो । उक्त लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखि थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया