झापा, ५ चैत २०८१ । घरमा पानी लगाउने क्रममा लडेर झापामा एक व्यक्तिको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका-४ का रन बहादुर बस्नेतको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज (मंगलबार) बिहान अन्दाजी ८ बजेको समयमा आफ्नै नवनिर्मित घरको दोस्रो तल्लाको पर्खालमा चढेर पानी लगाउने क्रममा लडेर बस्नेत घाइते भएका थिए ।
उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उनको मृत्यु भइसकेको जानकारी प्रहरीले प्राप्त गर्नसाथ इलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली खटिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।