Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

काठमाडौं, २३ फागुन २०८१ । स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित चारजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले नेपाली रुपैयाँ १४ लाख ५० हजार र नौ लाख भारुसहित चारजनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा बिहीबार (फागुन २२) अवैध रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको कपिलवस्तु प्रहरी प्रमुख एवं एसपी निरञ्जन भट्टले जानकारी दिए ।

पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका गोविन्द विक र सोमनाथ कसौधन, रुपन्देहीको बुटवल उपमहानगरपालिकाका वसन्त खरेल र कपिलवस्तु नगरपालिकाका शेषनारायण गिरी छन् । बाणगंगा नगरपालिका–४, जितपुरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया