Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

झापा, २२ फागुन २०८१ । बहुमूल्य बुद्ध चित्तको दानासहित एक व्यक्ति चन्द्रगढी विमानस्थलमा पक्राउ परेका छन् ।

आज दिउँसो ३ बजे चन्द्रगढी विमानस्थलमा बुद्ध एयरमा काठमाडौं जानको लागि चेकजाँच गर्ने क्रममा काभ्रे तिमल गाउँपालिका –६ बस्ने ५५ वर्षीय सानुबाबु तामाङलाई बुद्ध चित्तको दाना करिब ६ केजी (११० वटा उनेको माला र ३ वटा हातमा लगाउने माला) र करिब १५.८२० केजी बुद्ध चित्तको खुल्ला दानासहित पक्राउ गरिएको हो ।

उनको साथबाट नेपाली रुपैयाँ , भारतीय रुपैयाँ,अमेरिकी डलर ,भुटानको रकम र चीनको रकम बरामद भएको छ । उनलाई पक्राउ गरी डिभिजन वन कार्यालयको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया