Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

काठमाडौं, २० फागुन २०८१ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहहरूलाई कार्यक्रम तथा बजेटका लागि आधारभूत विवरण अद्यावधिक र पठाउन निर्देशन दिएको छ। केन्द्रले आर्थिक वर्ष ०८२/८३ को वार्षिक कार्यक्रम तथा बजेट तयारीको प्रारम्भ भएको जानकारी दिँदै उक्त आवश्यक विवरण पठाउन निर्देशन दिएको हो।

‘विगत वर्षदेखि नै वार्षिक कार्यक्रम तथा बजेटका लागि आधारभूत विवरण सङ्कलन गर्ने कार्य भइरहेको व्यहोरा अवगत नै छ,’ सूचनामा भनिएको छ, ‘यसै सन्दर्भमा आर्थिक वर्ष ०८२/८३ को वार्षिक कार्यक्रम तथा बजेट तयारीको प्रारम्भ भएकाले सम्बन्धित स्थानीय तहको आइएमआइएसमा लगइन गरी लोकल लेभल मेनुको स्कुल फारममा गई सबै विवरण पठाइदिनुहुन अनुरोध छ।’

केन्द्रले उक्त विवरण यही फागुन मसान्तभित्र अनिवार्य रूपमा प्रविष्टि गरी पठाउन भनेको छ। ‘विवरण नभरेका कारण स्थानीय तहमा निकासा हुने रकममा कुनै फरक परेमा स्थानीय तह स्वयम् जिम्मेवार हुने व्यहोरासमेत अनुरोध छ,’ सूचनामा उल्लेख छ।

तपाईको प्रतिक्रिया