Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

दार्चुला, १८ फागुन २०८१ । भारतको धारचुला नजाङ्गमा पहिरोमा परी दार्चुलाका एकजनाको ज्यान गएको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ६ धुलिगाडा (रैचु) का २० वर्षीय सन्तोष सिंह ठगुन्नाको ज्यान गएको हो । शनिबार दिउँसो गएको पहिरोमा परेर अन्य पाँचजना घाइते भएको नौगाडबाट स्थानीय जयभान सिंह धामीले बताए ।

घाइते हुनेमा नौगाड गाउँपालिका वडा नम्बर ६ का गणेश सिंह ठगुन्ना,दिपक सिंह ठगुन्ना,भारतका राकेश जोशी र सुरेश कुमार रहेका छन् । एकजना भारतीयको भने पहिचान खुल्न सकेको छैन । उनीहरू सारथी कम्पनीमार्फत् सडक निर्माणको काम गर्ने मजदुर हुन् ।

पसलमा बसिरहेको अवस्थामा पहिरो आएको बताइएको छ । पहिरोमा पुरिएका उनीहरूलाई स्थानीय सुरक्षाकर्मीहरूले उद्धार गरी उपचारका लागि धारचुला अस्पताल पुर्‍याएको धामीले जानकारी दिए ।अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया