Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

बिर्तामोड, १७ फागुन २०८१ । बिर्तामोड स्थित कृषिथोक बजारमा बिक्रीका लागि ल्याइएको २ क्विन्टल ब्रोकाउली र काउलीमा विषादीको मात्रा उच्च भेटिएपछि नष्ट गरिएको छ ।

विषादी प्रयोगशालाको शुक्रवारको रिपोर्ट अनुसार बिर्तामोड नगरपालिका(९ स्थित मियावाडीमा भारतीय नागरिक पंकजकुमार रायले उत्पादन गरेको ब्रोकाउली र काउलीमा अत्यधिक विषादी भेटिएको हो । रिपोर्ट अनुसार ब्रोकाउलीमा ९५।१४ प्रतिशत र काउलीमा ९६।५२ प्रतिशत विषादी फेला परेको हो ।

काउली र ब्रोकाउलीमा विषादीको मात्रा उच्च फेला परेपछि बिर्तामोड नगरपालिकाको कृषि शाखा प्रमुख राजेन्द्र कडरिया, वडा नम्बर ३ का वडा सदस्य हरि बाँस्कोटा, कृषि प्राविधिक, नगर प्रहरीसहितको टोलीले तरकारी बारीको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा कृषि शाखा प्रमुख कडरियाले अब अर्को पटक चेक जाँच नगरेसम्म ब्रोकाउली, काउली टिपेर बिक्री वितरण नगर्न निर्देशन दिएका छन्। उनले दोस्रो पटकको चेकजाँचमा पनि विषादी देखिए बारीमै नष्ट गर्ने जानकारी दिए । तरकारीमा ३५ प्रतिशत भन्दा बढी विषादी भेटिए खान अयोग्य मानिन्छ ।

 

तपाईको प्रतिक्रिया