Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

काठमाडौं, १६ फागुन २०८१ । सिन्धुपाल्चोक केन्द्रविन्दु भई शुक्रबार (फागुन १६) बिहान गएको ६.१ म्याग्निच्युडको भूकम्पपछि भाग्ने क्रममा ६ जना घाइते भएका छन् । सबै घाइतेको अवस्था सामान्य छ ।

शुक्रबार दिउँसो ३ बजेसम्मको अपडेटअनुसार भूकम्पबाट चार घरमा क्षति पुगेको छ । चारमध्ये एउटा घर पूर्ण क्षति भएको नेपाल प्रहरीले जनाएको छ ।

भूकम्पबाट एउटा प्रहरी कार्यालयमा आंशिक क्षति पुगेको छ । एउटा गोठमा पनि क्षति पुगेको छ । भूकम्पका कारण तीन परिवार विस्थापित भएका प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया