Online Bichar
सोमबार, चैत्र १०, २०८१ | Monday, March 24, 2025

झापा, १५ फागुन २०८१ । झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-४ बस्ने ७६ वर्षीय वृद्ध भीमप्रसाद भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार भट्टराई आफ्नै घर देखी ४ किलोमिटर दक्षिणमा रहेको चौकी बिराम सामुदायिक वन हल्दिबारीमा घाँस काटन जाँदा फर्कने बेलामा हात्तीले आक्रमण गरी मृत अवस्थामा फेला परेको खबर अपराह्न ४ः४० बजे जानकारी प्राप्त हुनसाथ प्रहरी अधिकृतको टोली खटि कानुनि प्रकृया पश्चात लाश पोष्टमार्टमको लागी प्रादेशीक अस्पताल भद्रपुर पठाई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया