Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

काठमाडौँ, १५ फागुन २०८१ । मोबाइलमा अब ५० रुपैयाँ भन्दा कम रिचार्ज गर्न नमिल्ने भएको छ । नेपालका दुवै सेवा दूरसञ्चार सेवा प्रदायकले मोबाइल टपअपको सीमा न्यूनतम ५० रुपैयाँ कायम गरेका हुन् । यसअघि यो सीमा १० रुपैयाँ थियो ।

मोबाइलमा रिचार्ज टपअप सेवा प्रदान गर्ने बैङ्क तथा भुक्तानी सेवा प्रदायकमार्फत अब न्यूनतम ५० रुपैयाँ मात्रै भुक्तानी गर्न मिल्ने नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए । यो निर्णय वार्षिकोत्सवकै दिन भएको भए पनि कार्यान्वयन भने आज ९फागुन १५ गते० देखि लागू भएको उनको भनाइ छ ।

उनका अनुसार सानो सानो रिचार्जले टपअपको सङ्ख्या पनि धेरै हुने गरेको र भ्यालिडिटीको समेत समस्या भएकोले यो व्यवस्था गरिएको उनको भनाइ छ । यसमा अन्य कुनै आर्थिक कारण नभएको उनको भनाइ छ ।

आजैदेखि एनसेलले पनि सोभन्दा कम सीमामा रिचार्ज गर्न नमिल्ने बनाएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया