Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

झापा, १५ फागुन २०८१ । झापाको बिर्तामोडस्थित गिरीबन्धु चिया बगानभित्र कुहिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। बिर्तामोड बसपार्क पूर्वपट्टि फेला परेको मृतक पाँचथर रानीटार-२ का टेकबहादुर गुरुङका छोरा ३८ वर्षीय कुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मृतकसँग फेला परेको नागरिकता प्रमाणपत्रको आधारमा उनको पहिचान खुलेको प्रहरीले जनाएको छ। उनको शव बिहीबार बिहान ७ बजेतिर भेटिएको थियो। जीउमा लुगा नलगाएको,जिन्स पाइन्ट लगाएको र खुट्टामा जुत्ता लगाएको अवस्थामा भेटिएको थियो। शवको अवस्था हेर्दा करिब एक साताअघि मृत्यु भएको आशंका प्रहरीले गरेको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया