Online Bichar
शनिबार, माघ ०४, २०८२ | Saturday, January 17, 2026

झापा, १३ फागुन २०८१ । इलाममा भीषण आगलागी भएको छ । इलामको जस्बिरेमा रहेको शरद सुब्बाको चिया उद्योगमा आगलागी भएको हो । आज राति करिब ९ बजेतिर लागेको आगो नियन्त्रण बाहिर रहेको छ ।

आगो निभाउन इलाम नगरपालिकाको दमकल, प्रहरी र स्थानीय जुटिरहेको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी मानबहादुर राईले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया