Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025
झापा, १३ फागुन २०८१ । झापाको गौरीगंजमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यू भएको छ । दुर्घटनामा शिवसताक्षी नगरपालिका-४ बस्ने १७ वर्षिय सूरज राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज (मंगलबार) १२ः५५ बजेको समयमा गौरीगंज गाउँपालिका-१ हुलाकी राजमार्गमा कुञ्जिबारीबाट धानगडा तर्फ जादैं गरेको बा ६५ प ८७८६ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई रोडको बाया साइडमा रहेको पिल्लरमा ठोकिन गई दुर्घटना हुँदा मोटरसाइकल चालक राजवंशीको नाक, अनुहार र टाउकोमा चोट लागी घाइते हुँदा उपचारको लागी दमक अस्पताल दमक तर्फ पठाइएकोमा २ः१५ बजे उपचारको क्रममा मृत्यू भएको जनाइएको छ । सो सम्बन्धमा थप अनूसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया