Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

झापा, १२ फागुन २०८१ । झापाको अर्जुनधारामा आज बिहान भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ । बिहान अन्दाजी ६ः३० बजे अर्जुनधारा नगरपालिका वडा नं. ४ रातेखोला बस्ने ६० वर्षीय लिलाबहादुर कटवालको भान्साघरमा आगलागी भएको हो ।

आगलागीबाट काठ र जस्ताको छानो भएको एकतले भान्छाघर , भान्छा कोठाभित्र रहेको अन्नपात,भाँडावर्तन,काठपात पूर्णरुपमा जल्दा अन्दाजी ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त आगो प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयको सहयोगमा ७ः१० बजे पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया