Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

काठमाडौं, १२ फागुन २०८१ । बितेको सात महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई) मा १९२ जना नेपाली कामदारको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिना (साउनदेखि माघ मसान्तसम्म) मा उनीहरूको मृत्यु भएको हो ।

दूतावासले सार्वजनिक गरेको विवरणअनुसार, ०८१ साउनमा साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३ र माघमा २५ जना नेपालीको मृत्यु भएको छ ।

पछिल्लो सात महिनामा प्रत्येक महिना औसतमा २७ जनाभन्दा बढी नेपाली कामदारको मृत्यु यूएईमा भएको देखिन्छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष प्रत्येक महिना औसतमा १९ जनाभन्दा बढी नेपालीको मृत्यु यूएईमा भएको थियो ।

सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटु सम्बन्धी रोग लगायतका कारण नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

 

तपाईको प्रतिक्रिया