Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

झापा, ११ फागुन २०८१ । करेन्ट लगाएर माछा मार्दा झापामा एकजनाको मृत्यु भएको छ । हल्दिबारी गाँउपालिका-३ का २० वर्षिय सुसिल लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हिँजो(शनिबार)राती १० बजेको समयमा बुद्धशान्ति गाउँपालिका-१ नमुना बस्ति स्थित दामा खोलामा करेन्ट लगाएर माछा मार्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बुद्धशान्ति गाउँपालिका-१ दामा खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका कामदार लिम्बूले आफू बस्ने छाप्राबाट बिजुलीको तार जोडी माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए । घाइते लिम्बुलाई उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा सोही रात ११ः५० बजेको समयमा उनको मृत्यु भएको थियो । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया