Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

झापा, १० फागुन २०८१ । भारतको उडिसा स्थित केआईटी कलेजबाट निष्काशित २० जना नेपाली विद्यार्थी पूर्वीनाका काँकडभिट्टा हुँदै नेपाल फर्किएका छन् । फागुन ६ गतेदेखि १० गतेसम्ममा २० जना नेपाली विद्यार्थी काँकडभिट्टा नाका हुँदै नेपाल फर्किएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

फागुन ६ गते ६ जना, ७ गते ११ जना, ८ गते २ जना र आज १ जना फर्किएको प्रहरीले जनाएको छ । भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्यूट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी)  मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको आत्महत्यापछि निष्काशित नेपाली विद्यार्थीहरु काँकरभिट्टा नाँका हुँदै आ–आफ्नो घरतर्फ गएको जनाइएको छ । कलेज प्रशासनबाट कुटपिट तथा हेरेसमेन्ट, धाक धम्की दिई निष्काशन गरेको विद्यार्थीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया