Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

झापा, ९ फागुन २०८१ । ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारबाट विषयमा हिजो झडप भएपछि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई फेरि वार्तामा बोलाएको छ।

त्यहाँ केबलकार निर्माणको विरोधमा आन्दोलन गरिरहेको समूहलाई वार्तामा आउन गृहले आह्वान गरेको गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले जानकारी दिए। केबलकार निर्माण नरोकेसम्म वार्तामा नबस्ने आन्दोलनकारीहरूले बताएका छन्।

यसअघि वार्ता भएर एक चरणको सहमति भएपछि पनि पुन भाँडिएको थियो। त्यसपछि नो केबलकार समूहले आन्दोलन गरिरहेका छन्। हिजोको झडपमा ११ प्रहरीसहित १३ जना घाइते भएका थिए।

 

तपाईको प्रतिक्रिया