काठमाडौं, ९ फागुन २०८१ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी ‘नेपाल पे टाइम प्रालि’ को अनुमतिपत्र नवीकरण नगरिएको जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार नेपाल पे टाइमले प्रदान गर्दै आएको सेवा लामो समयदेखि बन्द रहेको तथा सेवा प्रवाहका लागि प्रयोग हुने वालेटको एप प्ले स्टोर र एप स्टोरमा नरहेको, संस्थागत सुशासन अवस्था कमजोर रहेको, राष्ट्र बैंकले दिएका निर्देशन कार्यान्वयन नगरेको लगायत कारण उसको अनुमतिपत्र नवीकरण नगरिएको हो ।
नेपाल पे टाइमले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकको उक्त संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए आगामी ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।
नेपाल पे टाइमले १९ भदौ २०७६ मा राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्राप्त गरेको थियो ।