Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

काठमाडौं, ९ फागुन २०८१ । काठमाडौं महानगरपालिका–१३, पुरानो कालीमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट शुक्रबार एकजनाको मृत्यु भएको छ । धादिङको गंगाजमुना गाउँपालिका–५ का ५५ वर्षीय साने गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उक्त घटनापछि फरार रहेका रोलरका चालक मकवानपुरका उमेश स्याङतानलाई काठमाडौंकै नागार्जुन नगरपालिका–१०, स्युचाटारबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार, पक्राउ गरी आजै (फागुन ९) थप अनुसन्धान तथा कारबाहीका निम्ति गुरुङलाई प्रहरी वृत्त कालीमाटीमा पठाइएको छ । रासस

 

तपाईको प्रतिक्रिया