झापा, ९ फागुन २०८१ । इलाममा दुर्घटना भएको ट्रकमा आगलागी भएको छ । आज बिहान ७ः३० बजे माई नगरपालिका-१० शेरास्थित भित्री सडकखण्डमा बिर्तामोडबाट मंगलबारेतर्फ जाँदै गरेको ना ६ ख ६११८ नं।को खाली मिनी ट्रक टर्निङ मोड्ने क्रममा सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको हो । त्यसपछि ट्रकमा तेल पोखिएर ब्याट्री सर्ट भई आगलागी भएको छ ।
नेपाल प्रहरी, स्थानीय र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट ट्रकको अगाडीको भाग जलेर नष्ट भएको छ । दुर्घटनापछि ट्रक चालक फरार रहेकाले खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।