Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

काठमाडौँ, ९ फागुन २०८१ । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु. एक लाख ७० हजार कायम भएको छ ।

बिहीबार प्रतितोला रु. एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज रु. एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य रू. पाँचले घटेको छ । आज चाँदी प्रतितोला रू. एक हजार नौ सय ९० मा किनबेच हुनेछ ।

आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।रासस

तपाईको प्रतिक्रिया