Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

झापा, ८ फागुन २०८१ । झापाको गौरीगञ्ज गाउँपालिका वडा नं. १ महाभारामा वडास्तरीय बाल सञ्जाल गठन गरिएको छ ।

बिहीवार एक कार्यक्रमका वीच प्रितम राजवंशीको अध्यक्षतामा ११ सदस्यीय बाल सञ्जाल निर्माण गरिएको हो । गौरीगञ्ज गाउँपालिका वडा नं.१ को आयोजना तथा विराट सामुदायिक अध्ययन केन्द्र, विर्तामोड झापाको सहजीकरणमा भएको सो कार्यक्रममा गौरीगञ्ज गाउँपालिका वडा नं. १ महाभाराका ७ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरुका विद्यार्थी तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

गौरीगञ्ज गाउँपालिका वडा नं. १ वडा अध्यक्ष कार्तिकलाल राजवंशीको अध्यक्षता, वडा सदस्यद्वय कृष्णप्रसाद महतो र रेखा राजवंशी, इन्द्रेणी आधारभूत विद्यालय गौरीगञ्जका प्रधानाध्यापक शिवप्रसाद मैनाली, जनकल्याण आधारभूत विद्यालयका बाल सञ्जाल संरक्षक शिक्षक सोमनाथ काफ्ले, न्यू युनिभर्सल मा.वि.का शिक्षक अविरल राईलगायतका अतिथिहरुको उपस्थितिमा भएको सो कार्यक्रममा विद्यार्थी र शिक्षक गरी ४६ जनाको उपस्थिति रहेको थियो । बालमैत्री अभियानअन्तरगत बालमैत्री स्थानीय शासन कार्यक्रमसम्बन्धी अभिमुखीकरण तथा वडास्तरीय बाल सञ्जाल गठन कार्यक्रमको सहजीकरण विराट सामुदायिक अध्ययन केन्द्र विर्तामोड झापाका कार्यक्रम संयोजक अर्जुनकुमार पाठकले गरेका थिए । बालमैत्री स्थानीय सहजकर्ता मुकेश राजवंशीको सञ्चालनमा भएको सो कार्यक्रममा प्रधानाध्यापक शिवप्रसाद मैनाली, शिक्षक सोमनाथ काफ्ले, वडा सदस्य कृष्णप्रसाद महतोलगायतले मन्तव्य राखेका थिए ।

शिक्षकत्रय अविरल राई, शिवकुमार मैनाली र बैधनाथ मेहताको निर्वाचन मण्डलबाट निर्वाचित अन्य पदाधिकारी तथा सदस्यहरुमा उपाध्यक्ष चन्द्रावती महतो, सचिव अलेक्स राजवंशी, सहसचिव प्रवेश अधिकारी, कोषाध्यक्ष ज्ञानदेव राजवंशी, सदस्यहरुमा तुलसा शाह, धनुषा गोस्वामी, सोनिका महतो र सम्झना हास्दा रहेको बालमैत्री स्थानीय सहजकर्ता मनिता सुवेदीले जानकारी दिएकी छन् । हाल ९ सदस्यीय समिति निर्माण गरिएको र अन्य २ सदस्यहरु बाल सञ्जालको आगामी बैठकबाट पुरा गरिने स्थानीय सहजकर्ता सुवेदीले बताइन् ।

गौरीगञ्ज गाउँपालिकामा पालिकाको आयोजना र विराट सामुदायिक अध्ययन केन्द्र, विर्तामोड झापाको सहजीकरणमा गतबर्ष देखि बालमैत्री अभियान सञ्चालनमा रहेको छ । वि.सं. २०८३ पौष मसान्तभित्रको लक्ष्य राखी शुरु गरिएको अभियान अन्तरगत पालिकाका ६ वटै वडामा वडास्तरीय बालमैत्री स्थानीय शासन समितिहरु, टोल समितिहरु, वडास्तरीय बाल सञ्जालहरु गठन गरिएको र सबैको घरधुरी सर्वेक्षण कार्य पुरा गरी कम्प्यूटर प्रविष्टि समेत सकिएको कार्यक्रम संयोजक अर्जुनकुमार पाठकले बताए ।

कार्यक्रमअन्तरगत यहि फागुन महिनाभित्र लगानी योजना निर्माण तथा बालबालिका पाश्र्वचित्र तयारी गरिने र प्रचार प्रसारलाई समेत व्यापक बनाइने संयोजक पाठकले बताए ।“अर्को बर्ष हरेक समितिहरुको क्षमता विकास गर्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाइने छ, प्रचारप्रसारलाई व्यापक गरिनेछ र सबै क्षेत्रहरुको समन्वय र सहकार्यमा निर्धारित समयमा गौरीगञ्ज गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य लिएका छौं” संयोजक पाठकले भने । हाल गौरीगञ्ज गाउँपालिकामा बालमैत्री अभियानअन्तरगत विराट सामुदायिक अध्ययन केन्द्रको सहजीकरणमा ४ जना स्थानीय सहजकर्ता गौरीगञ्ज गाउँपालिकामा कार्यरत रहेका छन् ।

 

तपाईको प्रतिक्रिया