Online Bichar
सोमबार, चैत्र १०, २०८१ | Monday, March 24, 2025

बुटवल, ८ फागुन २०८१ । दाङको लमही नगरपालिका-७ की ४५ वर्षीया संगिता चौधरीको शव रुपन्देहीको सियारीमा फेला परेको छ । सियारी गाउँपालिका–२ भगदरीमा सडक किनारमा परालले ढोकेको अवस्थामा संगीताको शव फेला परेको प्रहरीले जनाएको छ ।

टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेर परालले ढोकेर राखेको देखिएकाले हत्या नै गरेको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले बताए ।

घटनामा संलग्नको पहिचान हुन बाँकी रहेको र घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको डीएसपी कार्कीले बताए । बिहीबार बिहान साढे ११ बजे परालले ढाकेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।

 

तपाईको प्रतिक्रिया