Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

भैरहवा, ८ फागुन २०८१ । रुपन्देहीको सियारी गाउँपालिका–२ भगदरीमा महिलाको शव फेला परेको छ। सडकको किनार खेतमा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

‘महिलाको शव फेला परेको हो। पहिचान खुलेको छैन’, इलाका प्रहरी कार्यालय बेथरीका प्रमुख वरिष्ठ नायब निरीक्षक जनक कुमार गिरीले भने, ‘घटनास्थलमा कागजी प्रक्रियागतका कामहरू भइरहेका छन्।’

अनुसन्धानका लागि घटनास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरिएको उनले जनाए।

तपाईको प्रतिक्रिया