काठमाडौं, ७ फागुन २०८१ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध डलरसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक राहुल चतुर्वेदी छन् ।
उनको साथबाट ९ लाख २४,७०० भारतीय रुपैयाँ १००० अमेरिकी डलर र ९६० युएइको दिराम बरामद गरिएको छ ।
उनलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका एसएसपी जनार्दन जिसीले बताए ।