Online Bichar
सोमबार, चैत्र १०, २०८१ | Monday, March 24, 2025

धरान, ७ फागुन २०८१ । नेपाली कांग्रेसका पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका कार्यसमितिका सभापति सुखवीर नेम्वाङको निधन भएको छ । फाल्गुनन्द गाउँपालिका–३ का वडाध्यक्षसमेत रहेका नेम्वाङको बुधवार ५६ वर्षको उमेरमा निधन कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

क्यान्सर रोगबाट पीडित नेम्वाङ स्थानीय तहको निर्वाचन २०७४ मा पनि सोही वडाको वडाध्यक्षमा बनेका थिए । नेम्वाङको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

 

तपाईको प्रतिक्रिया