धरान, ७ फागुन २०८१ । सुनसरीको धरान उपमहानगरपालिकाको अफवाह फैलाएर शान्ति सद्भाव भड्काएको अभियोगमा सिर्जना बेघा पक्राउ परेकी छन्। इलाका प्रहरी कार्यालय धरानको टोलीले सिर्जनालाई बुधबार बिहान अमरहाटबाट पक्राउ गरेको हो।
सामाजिक सञ्जालमा अफाह फैलाएर साम्प्रदायिक बनि धरानको शान्ति सद्भाव भडकाएको, अवैध चन्दा असुली कार्यमा संलग्न रहेको अभियोगमा सिर्जना बेघालाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकास जबेगुले बताए। वर्षदिन अगाडिदेखि सिर्जनाले धरानको शान्ति सद्भाव भड्काउन कानुनविपरीतका क्रियाकलाप गरेको प्रहरीले जनाएको छ। यस अगाडि सार्वजनिक स्थलमा गोरु काटेर भोज खाएको भिडियो सामाजिक सञ्जालमा हालेको र इलाका प्रहरी कार्यालयको गेटमा तोडफोड गरेको अभियोगमा पनि सिर्जना पक्राउ परेकी थिइन्।
उनलाई बुधबार जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लग्ने तयारी छ। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। सिर्जनाले सामाजिक सञ्जालको दुरुपयोग गरि प्रहरी प्रशासन विरुद्ध झुटा आरोप लगाउने गरेको बताइएको छ।