६ फागुन २०८१ । आगलागीबाट इलाममा एक घर जलेर नष्ट भएको छ । आज साँझ ५:३० बजे इलाम नगरपालिका– १२ काफ्ले गाउँ बस्ने ७९ वर्षीय पेम्बा तामाङको घरमा आगलागी भएको हो ।
खरको छानो, बाँसको टाटी बेरा भएको एक तले घरमा बिद्युतको लाइन सर्ट भई आगलागी हुँदा घर, घरभित्र रहेको अन्नपात,लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट भएको छ । उक्त आगो स्थानीयको सहयोगमा ६ः१५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको इलाम प्रहरीले जनाएको छ ।