Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

काठ्माडौं, ५ फागुन २०८१ । स्वास्थ्य निर्देशनालय कोशी प्रदेशले सूचना प्रकाशन गर्दै विभिन्न ठाउँको लागि विद्यालय नर्स माग गरेको छ।

निर्देशनालयले आइतबार जारी गरेको सूचनाअनुसार स्वास्थ्यरजनरल नर्सिङ समूह अन्तर्गत पाँचौं तहको विद्यालय नर्स पदको लागि करारमा ५५ जना नर्स माग गरेको हो।

आवेदकको न्यूनतम योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट नर्सिङ विषयमा विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ।

उमेर हद २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनु पर्नेछ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन्।

परीक्षा दस्तुर चार सय रूपैयाँ तोकिएको छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया