Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

काठमाडौं, ५ फागुन २०८१ । नेपाली बजारमा सुनको मूल्य १२ सय रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य १५ रुपैयाँ बढेर कारोबार भएको छ । चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।

 

तपाईको प्रतिक्रिया