झापा, ४ फागुन २०८१ । झापा गाउँपालिकामा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । झापा गाउँपालिका–५ पन्थपाडास्थित प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो सोही स्थानका २५ वर्षीय तोफिजुल अलि र २० वर्षीय चान महमदलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
मोटरसाइकल पछाडि सवार मे ३ प २०६६ नम्बरको मोटरसाइकल सवार उनीहरू भारतबाट नेपालतर्फ आइरहेका थिए । सोही क्रममा प्रहरीले उनीहरूमाथि शङ्का लागेर चेकजाँच गर्दा ब्राउन सुगर प्लास्टिकसहित ५९० मिलिग्राम (प्लास्टिक बाहेक ३७० मिलिग्राम) फेला परेको थियो ।