काठमाडौँ, ४ फागुन २०८१ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–७ स्थित हलेसी बजारमा फैलिएको आगोका कारण ३ वटा होटल पूर्ण रूपमा जलेका छन् । स्थानीय पदम राईको हार्डवेयरबाट आगो फैलिएको आगोका कारण सो हार्डवेयरसहित ३ होटल र निर्धन उत्थान लघुवित्तको कार्यालय पूर्ण रूपमा क्षति भएको खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।
कल्याण होटल र होटल हलेदी दर्शनसहित ३ वटा होटल जलेका छन् । दमकलको अभावमा ट्याङ्करको पानी र जेसीबीको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको प्रजिअ कार्कीले जानकारी दिए । प्रजिअ कार्की र डीएसपी प्रतीक विष्ट आगलागी भएको बजारमा पुगेका छन् । कार्कीले भने, ‘आगो नियन्त्रण उन्मुख छ, मानवीय क्षति भएको छैन ।’