काठ्माडौं, ४ माघ २०८१ । ललितपुर–३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीको पद रहने/नरहने फैसलाको मिति फेरि सरेको छ । गएको पुस २५ मा निसु भएको मुद्दा आइतबार (आज) का लागि सरेको थियो ।
आइतरबार पनि उक्त मुद्दाको निसु यही फागुन २७ गतेका लागि सरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का तर्फबाट उमेदवार भएकी डा। तोसिमाको उमेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि विवाद सर्वोच्च अदालत पुगेको थियो ।
सर्वोच्चले अन्तरिम आदेश दिएपछि चुनाव लड्न पाएकी तोसिमालाई उक्त उमेदवारी खारेजी चर्चाको निःशुल्क माध्यम बनेको थियो । ड।ा तोसिमाको उमेदवारी कायम भएपछि उनी ललितपुर–३ बाट निर्वाचित भएकी थिइन् ।
गत पुस २५ देखि डा. तोसिमाको मुद्दा न्यायाधीश डा। मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा पर्दै आएको छ ।