Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

काठ्माडौं, ४ माघ २०८१ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रु. दुई हजार ७०० र चाँदी रु. १५ले घटेको हो ।

गत शुक्रबार प्रतितोला सुन रु। एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु। एक लाख ६७ हजार ५०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु. १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु. एक हजार नौ सय ५५ निर्धारण गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।रासस

तपाईको प्रतिक्रिया