झापा, ४ फागुन २०८१ । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरीक्षक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । आज(आईतबार)बिहान ४९ वर्षिय प्रहरी नायव निरीक्षक धनराज खतिवडा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भोजपुर टेम्केमैयुङ गाउँपालिका-४ घर भई हाल मोरङ कानेपोखरी गाउँपालिका-७ बस्ने खतिवडाले भद्रपुर नगरपालिका-८ स्थितमा रहेको जिल्ला प्रहरी कार्यालय झापाको तिन तल्ले प्रहरी ब्यारेकको माथिल्लो तल्लामा रहेको पानीको टंकीमा जाने फलामको भर्याङमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घट्ना बारे उनका आफन्तहरुलाई जानकारी गराई कानुनी प्रकृयाको लागि तयारी भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।