काठमाडौं, ३ फागुन २०८१ । पेट्रोलको मूल्य वृद्धि हुँदा डिजेल र मट्टितेलको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य बढाएको हो।
निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ वृद्धि भएको छ भने डिजेल र मट्टितेलको मूल्य ४ रुपैयाँले घटेको छ। भारतबाट नयाँ मूल्यसूची आएपछि निगमले उक्त निर्णय गरेको हो।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ।