कुमरखोद, २ फागुन २०८१ । उत्कृष्ट शिक्षक सम्मानसहित नेपाल शिक्षक संघ झापा गाउँपालिकाको प्रतिनिधि सभा सम्पन्न भएको छ ।
झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा संचालन कार्यक्रमको अध्यक्षता नेपाल शिक्षक संघ झापाका अध्यक्ष रोहित पोद्धारले गरेका थिए। विशिष्ट अतिथि नेपाली कांग्रेसका क्षेत्रीय सभापति जयनारायण शाह , नेपाल शिक्षक संघ झापाका अध्यक्ष तोयानाथ दाहाल, विशेष अतिथि झापा गाउँपालिकाका ७ नं वडाध्यक्ष सखिचन्द्र ठाकुर,नेपाली कांग्रेस झापा गाउँपालिका सभापति सागिरथ गणेश,नेपाल शिक्षक संघ झापा सचिव देवेन्द्रचन्द्र सिंह राजवंशी, नेपाल शिक्षक महासंघ झापा गापा अध्यक्ष जगन्नाथ राजवंशीलगायतको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा सेवानिवृत्त शिक्षकहरु घनश्याममणि त्रिपाठी,महेन्द्र प्रसाईं,भुमितप्रसाद गणेश,चन्द्र उप्रेती,शिवशंकर मण्डललाई सम्मानसहित बिदाई गरिएको थियो भने उत्कृष्ट सांगठनिक क्रियाशीलता सम्मानद्वारा शिक्षकद्वय उदयचन्द्र भण्डारी र कुन्तीकुमारी गणेशलाई सम्मानित गरिएको थियो । शिक्षक रञ्जु पोख्रेलले स्वागत गरेको कार्यक्रमको संचालन सचिव लोचन यादवले गरेका थिए ।
त्यसैगरी नेपाल शिक्षक संघ मेचीनगरले समेत आफ्नो प्रतिनिधि सभा सम्पन्न गरेको छ। नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेलको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा नेपाल शिक्षक महासंघ बिर्तामोड र मेचीनगरका अध्यक्षद्वय युवराज कट्टेल र होमराज ढकाल,नेपाल शिक्षक संघ कोशी प्रदेश सदस्य निर्मला आङदम्वे,लिलाप्रसाद भण्डारी ,प्रदेश प्रतिनिधि लेखनाथ पौडेल ,धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलास लुईटेललगायतको उपस्थिति रहेको थियो। अवकाश प्राप्त शिक्षकहरुलाई दोसल्ला ओढाई सम्मानपत्रद्वारा सम्मान गरिएको कार्यक्रममा अध्यक्ष ,सचिव तथा कोषाध्यक्षको प्रतिवेदन छलफलसहित पारित गरिएको थियो।
त्यसैगरी नेपाल शिक्षक संघ कन्काईको प्रतिनिधि सभा आदर्श विद्या मन्दिर घैलाडुव्वामा शिक्षक संघ कन्काईका सभापति सुशीलकुमार श्रेष्ठको अध्यक्षता सम्पन्न भएको छ ।उक्त कार्यक्रममा उत्कृष्ट बाल शिक्षकको रुपमा टीकामाया गिरी र उत्कृष्ट शिक्षकको रुपमा पशुपति आधारभूत विद्यालयका प्रधानाध्यापक खेमबहादुर कार्कीलाई प्रमुख अतिथि कन्काई नगरपालिका उपप्रमुख आशा शर्माद्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा नेपाल शिक्षक महासंघका संघीय प्रतिनिधि धर्मानन्द निरौला, नेपाल शिक्षक संघका संघीय प्रतिनिधि चित्रकला ओली, कोशी प्रदेश सदस्य भरत भट्टराई ,जिल्ला उपाध्यक्ष तथा सहसचिव कुमार खतिवडा र मनकुमार योङहाङ,आदर्श विद्यामन्दिर घैलाडुव्वाका प्रधानाध्यापक नरहरि न्यौपानेलगायतको उपस्थिति रहेको थियो।