Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

झापा, १ फागुन २०८१ । झापा जिल्लामा बढी अपराध हुन सक्ने आंकलन गरिएका स्थानहरुमा डग स्निफिङ्ग कार्य सम्पन्न भएको छ । आज(बिहिबार) कोशी प्रदेश प्रहरी कार्यालय केनाईन शाखा धरानबाट खटि आएका डग सहितको टोलीद्वारा उक्त स्थानहरुमा डग स्निफिङ्ग कार्य सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार डग स्निफिङ्ग  कार्य झापाको दमक नगरपालिका-५ गोर्खा डिपार्टमेन्ट एरिया, सोही ठाउँको बसपार्क, वडा नं. ७ को एरियाहरु हुदै बिर्तामोड नगरपालिका-४ को पश्चिम बस स्टेन्ड, वडा नं.६ गिरिबन्धु टि-स्टेटको एरिया र मेचिनगर नगरपालिका वडा नं.६ बसपार्क, मेची पुलको एरियाहरु क्लियर गरी समाप्त भएको प्रहरीले जनाएको छ । उक्त डग स्निफिङ्ग कार्य बिभिन्न अपराधिक गतिबिधीहरु, लागुऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा बोर्डर एरियामा हुन सक्ने अपराधिक क्रियाकलापहरु पहिचान तथा रोकथाममा सहयोग पुग्ने उदेश्यले गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त कार्यका लागि रेन्जर र पिङकु नाम गरिएका कुकुर प्रयोग गरि बिष्फोटक पदार्थ र लागु औषधको खोजी गरिएको जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया