काठमाडौँ, ३० माघ २०८१ । चिकित्सा शिक्षा आयोगले नेपाल सरकारका प्रतिष्ठानहरुमा एमडी/एमएस/एमडीएसको सिट संख्या थप गर्ने भनि गरेको निर्णयको नेपाल चिकित्सक संघले स्वागत गरेको छ ।
संघले नेपाल सरकारका प्रतिष्ठानहरुमा क्षमता भएको तथा विज्ञ टोलीद्वारा निर्धारण गरिए अनुसार सिट थप हुनुपर्ने आवाज उठाउँदै आएको थियो ।
संघले बुधबार जारी गरेको विज्ञप्तिमा यस महत्वपूर्ण निर्णय गरिएकोमा नेपाल सरकार र चिकित्सा शिक्षा आयोगलाई धन्यवाद ज्ञापन गरेको छ । साथै यस निर्णयको प्रभावले स्वास्थ्य सेवा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने संघको विश्वास छ ।