काठमाडौं, ३० माघ २०८१ । स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ। आज सुनको मूल्य २ हजार ७ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ हजार ७ सय रुपैयाँले घटेर आज प्रतितोला सुनको मूल्य १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
मंगलबार चाँदी तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको थियो।