झापा, ३० माघ २०८१ । झापाको शिवसताक्षीमा आफ्नै घरमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । शिवसताक्षी नगरपालिका-११ बस्ने धर्मराज सेनेहाङ्ग लिम्बुकी ५८ वर्षिय श्रीमती गंगामाया लिम्बु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
श्रीमान सिक्किममा रहेकाले गंगामाया लिम्बु घरमा एक्लै बस्दै आएको जनाइएको छ । मंगलबार(हिँजो) ७ः४० बजेको समयमा गंगामाया लिम्बु आफ्नै पक्कि घरको भान्सा कोठामा भित्रबाट चुक्कुल लगाई मृत अवस्थामा अवस्थामा रहेको जानकारी इलाका प्रहरी कार्यालय झिलझिलेमा प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले सम्पुर्ण कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल भद्रपुर झापा पठाई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।