Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

रुकुम पूर्व, २९ माघ २०८१ । रुकुम पूर्वको भूमे गाउँपालिका-४ मा खुकुरी प्रहार गरी दुई जनाको हत्या गरिएको छ। भूमे-४ साकिमका ५१ वर्षीय चन्द्रसिङ पुनले ६० वर्षीय ढाटी बुढा र बुढाको नाति ८ महिनाको समिर बुढालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी माधवराज खरेलले बताए।

डीएसपी खरेलका अनुसार फरार भनिएका चन्द्रसिङ पुनलाई टाउकोमा धारिलो चोट लागेको अवस्थामा खुलखुले खोलामा मृत फेला पारिएको छ। घटनाबारे अनुसन्धानपछि मात्र थप विवरण आउने प्रहरीले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया